आइतबार, साउन २४, २०८३

काठमाडौंको मूलपानीमा यृवक मृत फेला

काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन्। बाजुराको बुढीगंगा गाउँपालिका–९ घर भई हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत भेटिएको प्रहरीले जनाएको छ।  

कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित लक्ष्मीनारायण मन्दिर पछाडि शाही बिहीबार मृत भेटिएका हुन्। प्रहरीका अनुसार शाही काँडाघारीस्थित मोटरसाइकल वर्कशपमा कार्यरत थिए।

प्रहरीले पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाएर अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित: Jun 03, 2022| 13:14 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।