बिहीबार, असार ४, २०८३

अब तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु पर्दैन

हेलम्बु गाउँपालिका-१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- गत साल निर्माण गरेलगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्न बाध्य थिए।

National life

हेलम्बु गाउँपालिका-१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवातजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए।

उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवातजावत गरिरहेका थिए।

स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रूपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढा-टाढाका साना विद्यार्थीलाई विद्यालय आउन/जान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

Shivam cement

उनले भने, 'अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ। यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पुर्‍याउन सक्ने क्षतिप्रति हामी सचेत छौं।'

अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थीमात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाइँकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ।  -रासस

प्रकाशित: Jun 03, 2022| 12:40 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।