प्युठान- ऐरावती गाउँपालिका-१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई दुई थान भरूवा बन्दुकसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १/१ थान भरुवा बन्दुक आ-आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।