बिहीबार, असार ४, २०८३

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ। यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ। काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ। यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

खलङ्गा- जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ। असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ।

National life

जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ। यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए। बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ।

'सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,' उनले भने, 'असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ।' पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन्। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ। यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ। काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ। यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ।

पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ। त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो। दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ।

Shivam cement

कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो। चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो। कालीमार्सी धानको महत्त्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए।    -रासस

प्रकाशित: Jun 03, 2022| 10:17 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।