मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैसाथ दुई वटा हाइड्रोपावरलाई आइपिओ निष्कासनको अनुमति

एकैसाथ दुई वटा हाइड्रोपावरलाई आइपिओ निष्कासनको अनुमति

बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एकैसाथ दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ। बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

National life

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो।

यस्तै, मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ।

सयपत्री हाइड्रोपावरले आईपीओ निष्कासनका लागि एनआईबीएल एस क्यापिटल र मन्दाकिनी हाइड्रोपावरले बीओके क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

यससँगै चालु आर्थिक वर्षमा बोर्डले २२ कम्पनीलाई पाँच अर्ब ५१ करोड ३८ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको ६ करोड ५१ लाख ३८ हजार ३२५ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ।

Shivam cement

प्रकाशित: Jun 03, 2022| 09:24 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्