बिहीबार, असार ४, २०८३

मेयर र उपमेयर पुन: पुगे सिसडोल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह उपमेयरसहित सिसडोल पुगेका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

 काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह उपमेयरसहित सिसडोल पुगेका छन्।

National life

काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या भइरहेको समयमा उनी दोस्रो पटक सिसडोलमा पुगेका हुन्। व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह उपमेयर डंगोलसहित शुक्रबार बिहान सिसडोल पुगेका छन्। 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहिबार साँझ सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए। 

मन्त्री झाक्री र मेयर शाहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने बिषयमा छलफल गरेका थिए।

डेढ दशक बढी समयदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा विर्सजन गरिँदै आएको छ। ककनी गाउँपालिकाको ओखरपौवास्थित सिसडोलमा मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन कार्य योजना बनाउने बताउँदै आएका छन्।

Shivam cement

स्वतन्त्र उम्मेदवार शाह मेयर भएलगत्तै फोहोर व्यवस्थापनबारे जानकारी लिन यसअघि पनि सिसडोल पुगेर अव्यवस्थित रूपमा रहेको फोहोर स्थलगत अवलोकन/निरीक्षण गरेका थिए। 

अहिले सिसडोलको डम्पिङ साइट भरिइसकेको छ। जसले काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन।

प्रकाशित: Jun 03, 2022| 09:07 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।