आइतबार, साउन २४, २०८३

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

वीरगञ्ज- बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ। 

विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो। सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए। नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए। 

जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो। दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो। सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ।

प्रकाशित: Jun 03, 2022| 08:43 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।