आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बन्द रहने

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बन्द रहने

मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिन-पोखरा सडकखण्ड विस्तार गरिने सडक योजनाले जनाएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिन-पोखरा सडकखण्ड विस्तार गरिने सडक योजनाले जनाएको छ।

तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको योजनाको भनाइ छ। मुग्लिङ–पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको जानकारी दिएका छन्।

आइतबारबाट राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा सडकखण्डमा सवारी साधन रोकेर काम गरिने योजनाले एक सूचनामार्फत जनाएको छ।

अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।



प्रकाशित: Jun 03, 2022| 08:19 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।