बिहीबार, असार ४, २०८३

छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु

एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

बैतडी- छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ। एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन्।

National life

पाटन नगरपालिका-६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो। विहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका-६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए।

यस्तै सिगास-१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन्। धामी स्थानीय गाजरीबजार नजिकै विहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।


प्रकाशित: Jun 03, 2022| 07:13 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।