आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईएफजेको अध्यक्षमा फ्रान्सकी डोमिनिक प्राडाली निर्वाचित

आईएफजेको अध्यक्षमा फ्रान्सकी डोमिनिक प्राडाली निर्वाचित

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अध्यक्षमा फ्रान्सकि पत्रकार डोमिनिक प्राडाली निर्वाचित भएकी छन्। ओमानको मस्कटमा जारी ३१ औं आईएफजे कंग्रेसमा फ्रान्सको नेशनल युनियन अफ जर्नलिस्टका सदस्य डोमिनिक नयाँ अध्यक्षमा निर्वाचित भएकी हुन्। उनी विगत ६ वर्षदर्खि आईएफजेको कार्यकारी समितिमा रहेको काम गरेकी थिइन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

मस्कट- अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अध्यक्षमा फ्रान्सकि पत्रकार डोमिनिक प्राडाली निर्वाचित भएकी छन्। ओमानको मस्कटमा जारी ३१ औं आईएफजे कंग्रेसमा फ्रान्सको नेशनल युनियन अफ जर्नलिस्टका सदस्य डोमिनिक नयाँ अध्यक्षमा निर्वाचित भएकी हुन्। उनी विगत ६ वर्षदर्खि आईएफजेको कार्यकारी समितिमा रहेको काम गरेकी थिइन्।

उनी एसएनजे राष्ट्रिय समिति, एन्जर्स कंग्रेस हुँदै आईएफजेको कार्यकारी समितिमा पुगेकी थिइन्। उनी सन् २०२१ मा गठित व्यवसायिक पत्रकारहरूको परिचय पत्र (सीसीआईजेपी) को उच्च आयोगको सदस्यसमेत बनेकी थिइन्।

हाल पत्रकारिता नैतिकता र मध्यस्थता परिषद् (सीडीजेएम) को उप कोषाध्यक्ष हुन्। अध्यक्षमा निर्वाचित भएपछि प्राडालीले भनिन्, 'आईएफजे कंग्रेसले  अध्यक्षमा निर्वाचित गर्दै फ्रान्स र सम्पूर्ण पत्रकारहरुलाई सम्मानित बनाएकोमा गर्व छ।'

विश्वभर प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको र पत्रकारहरू पहिलो पीडित हुने गरेको उल्लेख गर्दै पत्रकारहरु पीडित हुँदा त्यसको सजाय नागरिकले भोग्‍नुपर्ने उनले बताएन्। उनले भनिन्, 'सबैभन्दा बढी दण्डित हुने नागरिकहरू हुन्। किनभने प्रजातन्त्रलाई तिनीहरूको मिडिया र सूचनाको गुणस्तरद्वारा न्याय गरिन्छ, जुन इमानदार, पूर्ण, स्वतन्त्र र बहुलवादी हुनुपर्छ।'

आईएफजे कंग्रेसको एसिया प्यासिफिक कार्यकारी समितिमा नेपालबाट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल निर्वाचित भएका थिए। नेपालबाट आईएफजेको कार्यकारी समितिमा निर्वाचित हुने उनी पहिलो पत्रकार भएको बताइएको छ। 

प्रकाशित: Jun 02, 2022| 21:46 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।