आइतबार, साउन २४, २०८३

शुल्क वृद्धिको विरोधमा तालाबन्दी

तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

भक्तपुर- तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ।

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी सङ्घले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन्।

विसं २०७५ फागुन १९ गते क्याम्पस व्यवस्थापन समितिको बैठकले बिएससी सिएसआइटीको शुल्क रु तीन लाख १५ हजार ९०० निर्धारण गरेकामा क्याम्पसले अहिले प्रति विद्यार्थी रु नौ हजार १०० बढी रकम लिएपछि तालाबन्दी गरेको सङ्घका सहसंयोजक उमेश शाहीले जानकारी दिए।

क्याम्पसमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त विद्यार्थी सङ्घले क्याम्पसले विद्यार्थीसँग मनोमानी शुल्क उठाएको, क्याम्पस प्रमुखले आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेका छन्।

प्रकाशित: Jun 02, 2022| 22:35 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।