बिहीबार, असार ४, २०८३

कम्युटर स्रोत संकेत चोरी गर्ने पक्राउ

प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुर्‍याइ बौद्धिक सम्पत्तिमा आघात पुर्‍याई आर्थिक लाभ लिने तनहुँ भीमाद नगरपालिका वडा नं १ किहुँ घर भई ललितपुरको सानेपा बस्ने ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- नेपाल प्रहरीले कम्युटर स्रोत संकेत चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने एक जनालाई पक्राउ गरेको छ। 

National life

प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुर्‍याइ बौद्धिक सम्पत्तिमा आघात पुर्‍याई आर्थिक लाभ लिने तनहुँ भीमाद नगरपालिका वडा नं १ किहुँ घर भई ललितपुरको सानेपा बस्ने ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले ललितपुरको सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गरी बौद्धिक सम्पत्तिमा आघात पुर्‍याइ आर्थिक लाभ लिने सिग्देललाई पक्राउ गरिएको जानकारी दिए। 

सिग्देलले विभिन्न स्थानीय तहको सफ्टवेयरको बौद्धिक सम्पत्ति चोरी गरेको प्रहरीले जनाएको छ। सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए। 


प्रकाशित: Jun 02, 2022| 22:10 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।