बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तारा एयरको जहाज दुर्घटनामा परेका ७ जनाको स्वयम्भूमा अन्त्येष्टि

तारा एयरको जहाज दुर्घटनामा परेका ७ जनाको स्वयम्भूमा अन्त्येष्टि

प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको बिहीबार अन्त्येष्टि गरिएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको बिहीबार अन्त्येष्टि गरिएको छ। 

National life

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी एकै परिवारका सात जना धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो।

बिहीबार शवको परीक्षण सकिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो। शव हस्तान्तरण गरे लगत्तै मृतकको अन्तिम संस्कार काठमाडौँको स्वयम्भूमा गरिएको हो। 

अन्तिम संस्कारमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पुग्नु भई पार्टीका धनुषा जिल्ला कमिटीका सदस्यसमेत रहेका राजन गोलेको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम विदाई गरेका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार अन्य शवको परीक्षण कार्य सकी शव आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको छ।

प्रकाशित: Jun 02, 2022| 21:16 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।