आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'दलितका मुद्दालाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्छ'

'दलितका मुद्दालाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्छ'

प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन्। प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्। 

दलितका मुद्दा साझा भएकाले यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताए। कार्यक्रममा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी सुशील विकले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिएको नपाइएको बताए। 

विकले प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र समाचार शाखा दलितमैत्री भए/नभएको अनुगमन गर्न आवश्यक भएको बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चार माध्यम र पत्रकार दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागीहरूले सरकारले दलित समुदायलाई सम्बोधन गर्न नसकेका विषय सञ्चार माध्यममार्फत् बाहिर ल्याउनुपर्ने बताए। प्रेस काउन्सिल नेपाल पत्रकार महासङ्घलगायतका संस्थाले दलित समुदायबाट पत्रकारिता गरिरहेका पत्रकार र गैरदलित पत्रकारसमेतलाई दलितका क्षेत्रमा कलम चलाउन प्रोत्साहन गर्ने गरी क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।


प्रकाशित: Jun 02, 2022| 18:19 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।