काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीमै व्यावसायिक गाँजा खेती गरेको भेटेपछि फँडानी गरेको छ । स्थानीय बासिन्दाले गोप्य सूचना दिएपछि प्रहरीले काठमाडौको शंखरापुर-३ का विभिन्न गाउँमा लगाएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको सहयोगमा शंखरापुर-३ काफलचौर, लाकुरीबोट, सुनुवारटोल ,विश्वकर्माटोल, भोम्जोनटोल, गोलघरटोल, सिरानचौर, रातामाटेडाँडा, आहालचौरको गाँजा खेती नष्ट गरेको हो।
यस्तै, ढोकसान,चाचाखाल, कार्तिके भञ्ज्याङ, पाख्रिनटोल, क्वाकलिङघाङ, कालामुनि, जर्सिङपौवा, नाइकेटोल द्वारेटोल, भोम्बोटोल, काउलेघट्टेडाँडालगायत सात सय रोपनीभन्दा बढी क्षेत्रफलमा लागाइएको गाँजा प्रहरीले फँडानी गरेको हो ।
त्यसका लागि स्थानीय बासिन्दा र प्रहरी गरी तीन सय ५६ जनाको समूह खटिएको थियो । करिब एक लाख गाँजाका बोट काटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४