काठमाडौं- नेपाली कांग्रेसले पार्टीको झन्डा तीन दिनसम्म आधा झुकाउने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य भरत शम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले स्वर्गीय राणाप्रति सम्मान प्रकट गर्दै २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए । राणाको साउन २५ गते कोलकातामा निधन भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४