बिहीबार, असार ४, २०८३

१९७ तोला चाँदीसहित एक जना पक्राउ

प्रहरीले एक सय ९७ तोला २८ लाल चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

चितवन- प्रहरीले एक सय ९७ तोला २८ लाल चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भई गैंडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन्।

National life

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका-११ स्थित भोजाड-पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो।

उनको साथबाट दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विकको साथबाट प्रदेश ०३–००२ प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।

प्रकाशित: Jun 02, 2022| 12:57 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।