आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीलाई औषधि ल्याउँछु भन्दै गएका साहको इनारभित्र शव फेला

श्रीमतीलाई औषधि ल्याउँछु भन्दै गएका साहको इनारभित्र शव फेला

श्रीमतीका लागि औषधि लिन जाने क्रममा बुधवार साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीवार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

सिरहा- सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव बिहीवार बिहान इनारभित्र फेला परेको छ।

श्रीमतीका लागि औषधि लिन जाने क्रममा बुधवार साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीवार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो। 

'औषधि लिएर तुरुन्तै फर्किहाल्छु' भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्। 

प्रकाशित: Jun 02, 2022| 12:53 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।