आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च अदालत पोखरामा पल शाहको मुद्दामाथि सुनुवाई हुँदै

उच्च अदालत पोखरामा पल शाहको मुद्दामाथि सुनुवाई हुँदै

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक-पटक सुनुवाई सर्दै आएकोमा आज पलको निवेदनमाथि सुरुमै पेशी तोकिएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक-पटक सुनुवाई सर्दै आएकोमा आज पलको निवेदनमाथि सुरुमै पेशी तोकिएको छ।

पलका वकिल कमला मोहन वाग्लेले न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको बताए।

यसअघि गत साता पनि पेशी तोकिएको थियो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए।

पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए। 

यस्तै सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ। तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो। 

पल शाहले भने आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरेका छन्। 

प्रकाशित: Jun 02, 2022| 12:25 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।