बिहीबार, असार ३२, २०८३

प्रहरीले फाड्यो दुई सय रोपनी गाँजा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बागलुङ- अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका-४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो । 

वडा नं १, २ र ३ मा पनि गाँजा फडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिए । “बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,” उनले भने । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ । 

वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यका लागि ठूलो मात्रामा भाँगो खेती गर्न छाडेका छैनन् । कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन । जिल्लाको विशेषगरी पश्चिम क्षेत्रमा गाँजाको अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको छ । 

यता, गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।