बिहीबार, असार ४, २०८३

बागलुङमा अझै पाइँदैन ढुक्कले खानेपानी

एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो। गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

बलेवा- बागलुङ नगरपालिका-६ का झन्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ। पानीको मुहान गाउँभन्दा झन्डै ६ किलोमिटर टाढा छ। बागलुङ नगरपालिका-७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो।

National life

एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो। गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन्। लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुने गरेको छ। हिउँदमा मुहान सुक्छ।  

असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ। फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ। 'आकाशको पानी आउँदा मुहान तर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ', बागलुङ नगरपालिका-६ का मानबहादुर केसीले भने, 'पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ। पानीको मात्रा कम छ।' वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ।

यहाँ नजिकमा पानीका मुहान छैनन्। अधिकांश गाउँमा खानेपानीको समस्या छ। विसं २०५८ मा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको हो। विसं २०६४ मा मात्र गाउँमा पानी पुगेको केसी सम्झन्छन्। 'ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँडेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ', उनले भने, ‘यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्‍यो, जसोतसो चलेकै थियो, अब व्यवस्थित होस्।'

एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भए पनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ। यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन्।

Shivam cement

बागलुङ नगरपालिका-६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ। लाकुरीबोट, धारा पानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पुर्‍याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताए। पुराना पँधेरा र कुँवाको भरमा खानेपानीको जोहो गरिँदै छ। ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टिङ प्रविधिबाट त्यहाँ पानी पुर्‍याउने योजना रहेको उनले सुनाए।

'बर्खाको समयमा खासै समस्या हुँदैन, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ', केसीले भने। पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो। सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन। 'मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्', केसीले भने, 'घरघरै धारा बनाउन त पानीको मुहान चाहियो।' वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टिङ प्रविधिबाट पानी पुर्‍याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताए।    -रासस

प्रकाशित: Jun 02, 2022| 10:16 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।