बिहीबार, असार ४, २०८३

सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा प्रहरीले रुपन्देहीका ६ जना युवालाई पक्राउ गरेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा प्रहरीले रुपन्देहीका ६ जना युवालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवाले सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए। 

प्रहरीका अनुसार स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jun 02, 2022| 09:15 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।