बिहीबार, असार ४, २०८३

आजदेखि कोरियन भाषा परीक्षा सुरु

कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। 

National life

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुने छ।

इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ। जस अनुसार पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ भने दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजे सुरु हुने छ। 

परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै परीक्षार्थीलाई परीक्षा हलभित्र अभिमुखीकरण दिइने छ। रोजगारीका लागि कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएका छन्। 

भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने तयारी छ।

Shivam cement

प्रकाशित: Jun 02, 2022| 08:48 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।