आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तारा एयरको विमान दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै

तारा एयरको विमान दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटनामा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटनामा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएसँगै शव आफन्तको जिम्मा लगाउन लागिएको हो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाउन लागिएको हो।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ-२ सानुसरेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो। 

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो।

प्रकाशित: Jun 02, 2022| 07:22 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।