बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा भारतीय कारको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु

चितवनमा भारतीय कारको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु

बुधबार साँझ पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

चितवन- बुधबार साँझ पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी-८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेका छन्।

National life

पूर्व-पश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका-९ सिमलटाँडीमा उनी दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ। बुधबार साँझ सवा आठ बजे पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डीएक्स ७७४९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३-००५ प २६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते गुरुङको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति सवा नौ बजे ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि राजमार्गमा भेला भएका स्थानीयले केहीबेर बाटो रोक्नुका साथै कार तोडफोड गरेका थिए। कारका चालक भारत बिहार राज्य पश्चिम चम्पारण जगदिशपुर-४ बस्ने ३५ वर्षीया आलोककुमारलाई इलाका प्रहरी खैरहनीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 02, 2022| 07:12 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।