बिहीबार, असार ४, २०८३

गणेश नेपालीको कविता सङ्‍ग्रह कसनको लोकार्पण

साहित्यकार गणेश नेपालीको कविता सङ्‍ग्रह कसनको लोकर्पण गरिएको छ। बुधबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले साहित्यकार नेपालीको कृती कसनको विमाचन गरेका हुन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

धनगढी- साहित्यकार गणेश नेपालीको कविता सङ्‍ग्रह कसनको लोकर्पण गरिएको छ। बुधबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले साहित्यकार नेपालीको कृती कसनको विमाचन गरेका हुन्।

National life

बोहराले सो क्रममा साहित्य विनको समाज अगाडी बढ्न नसक्ने बताउँदै समाज परिबर्तनका लागी र देश विकासका लागी साहित्य अति आवश्यक भएको बताएका थिए। मन्त्री बोहराले कसनका कविताहरूले समाजलाई कासन दिएको बताउँदै समयसँगै हिड्न सके परिवर्तन धेरै टाढा नभएको बताए।

'हामीले समयलाई बुझन सकेका छैनौं। समय बलवान छ। त्यसैले समयसँगै हिड्न सक्यौ भने हामीले चाहेको समाज सहज निर्माण गर्न सकिन्छ,' मन्त्री बोहराले भने। 

मन्त्री बोहराले साहित्यकार नेपाली असल साहित्यकार भएको बताउँदै नेपालीका कविताहरूले राष्ट्रियता, समाज र रुपान्तरणको विषमा गहन कुरा पस्कन सफल भएको बताए।

मन्त्री बोहराले शिक्षा, स्वाश्थ्य नागरिकको पहिलो प्राथमिक्ता भएको बताउँदै गास, बास, कपास, शिक्षा, स्वाश्थ्य र रोजगार नागरिकले सहजै प्राप्त गर्न पाउनु पर्ने बताए। 'बाटोपछि बनाए पनि हुन्छ। बिरामी भए उपचारका लागि अस्पताल र पढ्नका लागी विद्यालय पहिले बनाउनुपर्छ,' मन्त्री बोहराले भने।

Shivam cement

कसनको समिक्षा गर्दै गणेशराज जोशीले नेपाली ऊर्जावान लेखक भएको बताए। नेपालीकै सिफारिसमा आफूले पनि धेरै पुस्तक अध्ययन गरेको बताउँदै जोशीले नेपाली साहित्यको कुसल अध्यायता भएको समेत बताए।

साहित्यकार नेपालीले हरेक विधामा कलम चलाउने गरेको बताउँदै जोशीले नेपालीको लेखन कार्यको सफलताको कामना सहित कसनको अर्थ आफूले डिक्सनेरीमा पनि नभेटाएको तर्क गर्दै बास्तवमा कसनमा समावेश गरिएका कविताहरू जीवन्त र परिवर्तनशिल भएको बताए।

त्यसैगरी सुदूरपश्चिमाञ्चल साहित्य समाजका निवर्तमान अध्यक्ष २०७२ सालका मदन पुरुष्कार विजेता रामलाल जोशीले बौद्धिकता र चेतनाको प्रदेश सुदूरपश्चिम प्रदेशमा साहित्यकार नेपालीले कसनको माध्यामबाट साहित्यमा इट्टा थप्ने काम गरेको बताए। 

उनले साहित्य समाजले सर्जकहरूका सिजनालाई यसरी विमोचन गर्दै जाने र साहित्य र सिर्जनामा लाग्न प्रेरित गर्दै जाने बताए। निवर्तमान अध्यक्ष जोशीले निकट भविष्यमै नारी साहित्य सम्मेलन समेत गरिने जानकारी दिएका थिए।

त्यसैगरी साहित्यकार बासुदेव पाण्डेयले गणेश नेपाली साहित्यको क्षेत्रमा उदाउँदो तारा भएको बताउँदै उनको साहित्य लेखनको निरन्तरताको कामना गरेका थिए। कसनको विमोचन कार्यक्रम सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्ययक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: Jun 02, 2022| 07:04 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।