धनगढी- ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ। से१च ६००६ नम्बरको ट्याक्टरले बुधबार साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका-८ बस्ने कमलावती भट्ट घाइते भएकी थिइन्।
उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
ट्याक्टर र चालक धनगढी उपमहानगरपालिका-१ बस्ने सुनिल चौधरी प्रहरी नियन्त्रणमा छन्।