बिहीबार, असार ४, २०८३

मेक्सिकोमा भिषण आँधी : ११ जनाको मृत्यु, ३३ बेपत्ता

मेक्सिकोमा अगाथा नामक आँधीका कारण ११ जनाको मृत्यु भएको छ। आँधीले वस्ती डुबानमा पर्दा ११ जनाको ज्यान जानुका साथै कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- मेक्सिकोमा अगाथा नामक आँधीका कारण ११ जनाको मृत्यु भएको छ। आँधीले वस्ती डुबानमा पर्दा ११ जनाको ज्यान जानुका साथै कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

National life

अमेरिकी ‘नेसनल हरिकेन सेन्टर (एनएचसी)’का अनुसार आँधी सोमबार मेक्सिकोको प्रशान्त किनारबाट सुरू भएको थियो। सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको मौसमविद्ले बताएका छन्। ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले आँधीबाट आएको अवस्थाबाट नआत्तिन र विपत्तिबाट हुनसक्ने क्षतिबाट जोगिन सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

सरकारले  आधिमा परी बेपत्ता भएकाहरूको खोजीकार्य जारी राखेको जनाएको छ।

प्रकाशित: Jun 02, 2022| 06:32 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।