आइतबार, साउन २४, २०८३

आज कस्तो रहला देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजराति प्रदेश-१, मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। 

प्रदेश १, मधेस प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रकाशित: Jun 02, 2022| 06:20 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।