आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग

पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग

पीडित परिवारले आज यहाँ पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो। मृत्तकका माइला बुबा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्ने विषयमा प्रहरीले असयोग गरेको भन्दै गुनासो गरे।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

बारा- वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ। 

पीडित परिवारले आज यहाँ पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो। मृत्तकका माइला बुबा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्ने विषयमा प्रहरीले असयोग गरेको भन्दै गुनासो गरे।

चार पाँच जनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुनसक्ने परिवारको आशंका छ। शव परीक्षण गरेपछि मृत्युको कारण डाक्टरलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको परिवारको भनाइ छ। 

मृतकका माइला बुबा पौडेलले घटनाको ११औँ दिनमा सिमराका प्रहरी नायब उपरीक्षक आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पारे।  

उक्त प्रकरणमा शङ्कास्पद ११ जनाको नाममा गत जेठ ३ गते जाहेरी दिएको पौडेलको भनाइ छ। राकेश बारा जितपुर सिमरा उपमहानगरपालिका–६ नगौल टोलस्थित दलबहादुर क्षेत्रीको घरको भर्‍याङको नजिक तल माटोको भुइँमा गत वैशाख ३० गते बिहान ३ बजे मृत्त रहेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ।

प्रकाशित: Jun 01, 2022| 21:50 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।