आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भौतिक पूर्वाधार एम्बुलेन्स चाँडै, काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

भौतिक पूर्वाधार एम्बुलेन्स चाँडै, काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिन्ने र भएकालाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिन्ने र भएकालाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाभित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो।

सोहीबमोजिम प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ। प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुर हुनेछन्। साथै गाडीमा निर्माण सामाग्री र कच्चा पदार्थ पनि तयारी अवस्थामा राखिनेछ।

काठमाडौं महानगरले कल सेन्टर पनि सुरु गर्ने भएको छ। कल सेन्टरबाट आएका गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स परिचालित हुनेछन्। 

महानगरका नवनिर्वाचित मेयर बालेन शाहले कार्यपालिकाको पहिलो बैठकमा कल सेन्टर चलाउने, भौतिक पूर्वाधार एम्बुलेन्स चलाउने, होटल–रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने लगायत निर्णय गरेका थिए।

प्रकाशित: Jun 01, 2022| 16:09 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।