बुधबार, असार १०, २०८३

आइएमई पे वालेट रिफर गरे २५ रुपैयाँ बोनस

आइएमई पे रिफर गरे रिफर गर्ने र स्वीकार गर्नेले पनि २५-२५ रुपैयाँ बोनस पाउने भएका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९
National life
Shivam cement

काठमाडौं- आइएमई पे रिफर गरे रिफर गर्ने र स्वीकार गर्नेले पनि २५-२५ रुपैयाँ बोनस पाउने भएका छन्। आइएमई पेले ल्याएको 'रिफर एन्ड अर्न' अफरअन्तर्गत दुवै पक्षलाई बोनस दिइने कम्पनीले जानकारी दिएको छ। 

यसका लागि आइएमई पे मोबाइल वालेट एपका प्रयोगकर्ताले आफ्नो एपमा रहेको 'रिफर कोड' अर्को व्यक्तिलाई पठाउनुपर्ने र प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरेपछि दुवै जनाले रु. २५-२५ बोनस पाउनेछन्। यस्तो कोड एकैपटक धेरै जनालाई पनि पठाउन सकिनेछ। प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको रिफर फ्रेन्डबाट कोड पठाउन सक्नेछन्। 

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका विल भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने सुविधा आइएमई पे वालेटमा छ। 

प्रकाशित: Jun 01, 2022| 16:00 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्