बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोलखाको गौरीशंकर गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

दोलखाको गौरीशंकर गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

चरिकोट- दोलखाको गौरीशंकर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ।

National life

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो। भौगोलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरिकोट तथा काठमाडौँ जानुपर्ने बाध्यता रही आएको छ। यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडा दर निर्धारण गरेको थियो।

पालिकाभित्रका क वर्गका अपाङ्ग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताए।

त्यस्तै कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र र पालिकाभित्रका अन्य वडालाई लक्षित गरी सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। पालिकाले प्रत्येक साताको आइतबार र सोमबार भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ।

यसअघि पालिकाको कार्यालय सुरीबाट मात्रै प्रवाह हुने सेवालाई स्थानियको समस्यालाई मध्यनजर गर्दै भोर्लेबाट दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। 

Shivam cement

प्रकाशित: Jun 01, 2022| 13:55 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।