आइतबार, साउन २४, २०८३

भरूवा बन्दुकसहित दुई जना पक्राउ

डिलासैनी गाउँपालिका-४ नुवाकोटबाट दुई थान भरूवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

बैतडी- डिलासैनी गाउँपालिका-४ नुवाकोटबाट दुई थान भरूवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन्। 

प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो। वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 01, 2022| 11:43 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।