आइतबार, साउन २४, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-१० घर भइ हाल जिल्ला धनकुटा नगरपालिका-६ मा कोठा लिइ बस्ने २४ वर्षीया पुरन राई रहेका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

धनकुटा- धनकुटा नगरपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-१० घर भइ हाल जिल्ला धनकुटा नगरपालिका-६ मा कोठा लिइ बस्ने २४ वर्षीया पुरन राई रहेका छन्।

कोशी लोकमार्गमा धनकुटाबाट धरान जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

गएराति २ बजे दुर्घटना स्थलमा मोटरसाइकल र गम्भीर घाइते अवस्थामा भेटिएका राईलाई उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो। 

अस्पताल पुर्‍याए लगत्तै साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसी चिरञ्जीवी दाहालले बताए।

प्रकाशित: Jun 01, 2022| 11:09 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।