आइतबार, साउन २४, २०८३

चाँदीका गहनासहित भारतीय एक नागरिक पक्राउ

बरामद गरिएको गहनाको बजार मूल्य चार लाख ३८ हजार रहेको बताइएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

सप्तरी- सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सप्तरीको बोदे बर्साइन नगरपालिका-९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत-११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो। 

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो।

बरामद गरिएको गहनाको बजार मूल्य चार लाख ३८ हजार रहेको बताइएको छ। चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ।


प्रकाशित: Jun 01, 2022| 10:29 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।