बिहीबार, असार ३२, २०८३

नवलपरासीमा बोलेरोको ठक्करबाट २ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । 

विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो । 

शनिबार साझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।