आइतबार, साउन २४, २०८३

नेपालगञ्जमा ढल र नाला सरसफाइ थालियो

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला संकलन हुने गरेको छ। सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

बाँके- वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि ढल र नालाको सरसफाइ गर्न थालिएको छ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। 

केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ। उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिए। जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ।

ढल तथा नाला सरसफाइका लागि १० लाख बजेट विनियोजन गरिएको छ। वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताए। उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिएका थिए।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला संकलन हुने गरेको छ। सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ।

प्रकाशित: Jun 01, 2022| 09:56 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।