आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मासिक अढाई लाख तलवको प्रलोभन देखाएर लाखौँ ठगी, पक्राउ परे विकास

मासिक अढाई लाख तलवको प्रलोभन देखाएर लाखौँ ठगी, पक्राउ परे विकास

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- मासिक २ लाख ५० हजार तलव हुने गरी 'वर्किङ भिजा'मा न्युजिल्याण्ड पठाउने प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं नागर्जुन नगरपालिका-९ स्युचाटारका ४५ वर्षीय विकास भट्टराई खत्री छन्। 

उनले प्रतिव्यक्ति १५ लाख लाग्ने र पुगेपछि कृषि फर्ममा लगाइदिने भनी दुई युवकलाई ३० लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको थियो। उजुरी पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट पक्राउ गरेको हो। 

विकासले नवलपुर जिल्ला कावासोती नगरपालिका ८ का विकास जोशी र तनहुँ रिसिङ गाउँपालिका ५ का अमृत चन्दसँग जनही १५ लाख रुपैयाँ लिएका थिए। 

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा सम्पर्क गरेका थिए। विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरी नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित गराउन भनेको थियो।

यसै क्रममा प्रहरीले खत्रीलाई मंगलबार स्युचाटारबाट समातेर वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाएको छ।

प्रकाशित: Jun 01, 2022| 09:26 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।