बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवनको ईच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष रहेका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- चितवन, धनकुटा र सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

National life

चितवनको ईच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरुष रहेका छन्।  

मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन्।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो। दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

यस्तै धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो। मृत्यु हुनेमा संखुवासभा खाँदबारी १० का पुरन राई रहेको प्रहरीले जनाएको छ।  

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Shivam cement

सप्तरीको कंचनरुप नगरपालिका १२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा संलग्न बससहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 01, 2022| 09:12 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।