आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीमा तीन महिनाअघि बलात्कृत भएको उजुरी, किशोरीको पेटमा ८ महिनाको बच्चा

प्रहरीमा तीन महिनाअघि बलात्कृत भएको उजुरी, किशोरीको पेटमा ८ महिनाको बच्चा

बैतडीमा तीन महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। मेलौली नगरपालिकाकी-१६ वर्षीया किशोरीको स्वास्थ्य जाँच गर्दा पेटमा ८ महिनाको बच्चा रहेको पाइएको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

धनगढी- बैतडीमा तीन महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। मेलौली नगरपालिकाकी-१६ वर्षीया किशोरीको स्वास्थ्य जाँच गर्दा पेटमा ८ महिनाको बच्चा रहेको पाइएको हो।

किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ मा जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन्। 

गाउँकै भदा नाता पर्ने २२ वर्षीय अशोक चन्दले आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर, स्वास्थ्य परीक्षणमा भने किशोरीको पेटमा ८ महिनाको शिशु रहेको पाइएको प्रहरीले जनाएको छ। 

किशोरी गर्भवती भएको परिवारले ढिला थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। पीडित कीशोरीका दाइले फागुनमा बलात्कार भएको भनेपछि प्रहरीमा उजुरी दिएको बताए।

पीडित किशोरीले भने आफूमाथि असोजमा नै करणी भएको बताएकी छन्। असोजमा आफू सुतिरहेको बेला राति रक्सी खाएर आएका अशोकले मुख थुनेर जबरजस्ती गरेको उनको दाबी छ। 

त्यसको २ महिनापछि पनि उनले फेरि जबरजस्ती गरेको र कसैलाई भने ज्यान लिने धम्की दिएको उनले बताएकी छन्।  तेस्रो पटक फागुनमा आफूमाथि उनले पुन: जबरजस्ती करणी गरेको ती किशोरीको आरोप छ। उनले पीडकले दिएको धम्कीको डरले फागुनमा नै जबरजस्ती गरेको भनेर घरमा बताएको बताएकी छन्।

उनलाई अहिले माइती नेपाल धनगढीमा राखिएको छ। आरोपित चन्द भने फरार छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले आरोपित युवक फरार रहेको र उनको खोजीकार्य जारी रहेको बताए। 

प्रहरीले किशोरीको जाहेरिलाई आधार मान्दाको दिनबाट किशोरीको पेटमा आठ महिनाको बच्चा रहेको पुष्टि भएको जनाएको छ।

प्रकाशित: Jun 01, 2022| 08:30 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।