बिहीबार, असार ३२, २०८३

आजका अखबारः बलात्कार बढ्यो, बनेन फास्ट ट्रयाक अदालत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले डा गोविन्द केसी र प्रधानमन्त्री केपी ओलीबीच भएको भेटलाई पहिलो प्राथमिकतामा पारेका छन् भने कसैले बलात्कारको घटना बढेको र न्याय पाउन ठूलो सकस रहेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठको आधा भाग महिलामाथिको अपराधका विषयमा  छिटो न्याय दिन बनाइने भनेको फस्ट ट्रयक अदालत अझै नबनेको विषयमा खर्चिको छ । उसले 'सर्वोच्चको दशक पुरानो ऐतिहासिक परमादेश : तर, महिलामाथिको अपराध हेर्न खोइ फास्ट ट्रयाक अदालत ?' शीर्षकमा खबर लेखेको छ ।

सर्वोच्चले महिलामाथिको अपराध अनुसन्धान गर्न महिला प्रहरी, पैरवी गर्न महिला वकिल र फैसला गर्न महिला  न्यायाधीश राख्न परामादेश दिएको थियो । तर, महिलामन्त्री थममाया थापा भन्छिन्- 'यस्तो जानकारी छैन्, के हो बुझ्न सकिन्छ ।' प्रहरी भन्छ- 'हामी बोल्न मिल्दैन् । '

सिक्टा सिँचाइ आयोजनाको मूल नहर सयभन्दा धेरै ठाउँमा भत्किएको विषयलाई मुख्य समाचार बनाएको आजको नागरिक दैनिकले भने बलात्कारको घटना बढेको विषयलाई दोस्रो प्राथमिकतामा पारेको छ । समाचारमा जनाइए अनुसार बलात्कारका घटनाको अधिकांश पीडक आफन्त र चिनजानका नै हुने गरेका छन् । 

यसैगरि आजको कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्ट्ले भने प्रधानमन्त्री ओली र डा केसीबीच भएको भेटवार्तालाई प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले भने दुईबीचको भेटलाई दोस्रो प्राथमिकतामा पारेको छ ।

भेटमा ओलीले मेडिकल शिक्षाको नेतृत्व लिन डा केसी समक्ष प्रस्ताव गरेका थिए भने डा केसीले आफूले नेतृत्व नलिने बताएका थिए । भेटमा प्रधानमन्त्री ओलीले केसीसंग भएको सम्झौता अक्षरसः पालना गर्ने बचन दिएको आजको नागरिक दैनिकले लेखेको छ। 

अन्नपूर्णले ठूला दल उल्झनमा शीर्षकमा मुख्य प्राथकिताका साथ छापेको छ । समाचारमा जनाइएअनुसार नेकपाको एकता तलैसम्म पुग्न सकेको छैन् भने कांग्रेसलाई संघीतामा जान नै सकस भएको छ । 

कान्तिपुरले प्रदेशमा केन्द्रकै खटनपटन रहेको, अब फौजदारी अपराधपीडितले क्षतिपूर्ति पाउने विषयलाई महत्वका साथ छापेको छ । जबर्जस्ती करणी पीडितलाई सामाजिक, सांस्कृतिक, पारिवारिक प्रतिष्ठा वा सम्बन्धमा परेको प्रभावको मूल्यांकनका आधारमा क्षतिपूर्ति भराइने कान्तिपुरले लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।