बिहीबार, पुस २५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपथ्यका नायक सुमित, जसको कारण सम्भव बन्यो दुर्घटनाग्रस्त ‘प्लेन’को खोजी

Siddartha premir insuranceSiddartha premir insurance

नेपथ्यका नायक सुमित, जसको कारण सम्भव बन्यो दुर्घटनाग्रस्त ‘प्लेन’को खोजी

गौचनको फोन उठ्नासाथ सोधिहाले– ‘लेतेमा प्लेन ठोकियो रे। के हो कुरो?’ यति सुनेपछि समित एकछिन अडिए। आफूलाई सम्हाले। र, जवाफ फर्काए– ‘होर? म बुझिहाल्छु है त।’
 |  बुधबार, जेठ १८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, जेठ १८, २०७९

ntc landingntc landing

काठमाडौं- ‘तारा एयरको विमान सम्पर्कविहीन!’ १५ जेठको बिहान खबर एकाएक देशव्यापी बन्यो। यो खबरले सबैतिर सन्नाटा छायो। प्लेनमा कति जना सवार थिए? को–को चढेका थिए? सबैलाई चासो हुन थाल्यो। विभिन्न अनलाइन पत्रिकामा जहाज हराएपछि विभिन्न खाले खबर देखिन थाले। 

himalayan bank box

खबर थियो, 'पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी जारी छ। बिहान करिब १० बजे पोखराबाट उडेको जहाज अझैँ सम्पर्कमा आएको छैन। जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार छन्। जहाज मुस्ताङको थासाङ गाउँपालिकास्थित लेतेमा दुर्घटना भएको आशंका गरिएको छ।’

राजधानी काठमाडौंलगायतका ठाउँमा प्लेन हराएको खबर छ्यापछ्याप्ती भइसकेको थियो। तर, आशंका गरिएको स्थान लेतेकै कतिपय भने यसबारे बेखबर थिए। तिनै मध्यका एक हुन्, सुमित गौचन।

बिहान उठेर आफ्नो ‘कन्स्ट्रक्सन साइड’को काम हेर्न गएका उनलाई यसबारे थाहा थिएन। उनी आफ्नो काममा व्यस्त थिए। तर, उनको त्यो व्यस्तता धेरैबेर टिकेन। लेतेमै बसोबास गर्ने उनलाई समाचार सुन्नेहरूले वास्तविकता बुझ्न सोधिखोजी गर्ने नै भए। एकैछिनमा काठमाडौंबाट सम्राट् गौचनको फोन आयो। 

गौचनको फोन उठ्नासाथ सोधिहाले– ‘लेतेमा प्लेन ठोकियो रे। के हो कुरो?’ यति सुनेपछि सुमित एकछिन अडिए। आफूलाई सम्हाले। र, जवाफ फर्काए– ‘होर? म बुझिहाल्छु है त।’

यति सुइँको पाएपछि सुमितले अरू साथीहरूलाई फोन हाने। साथीहरूले पनि आफूलाई थाहा नभएको संकेत दिएपछि उनी सोझै एयरपोर्ट हानिए। एयरपोर्टमा उनकै एक जना साथी काम गर्थे। ती साथीलाई भेटेपछि उनीहरूले प्लेन खोज्न जाने सल्लाह गरे। तर, त्यसबेलासम्म सुरक्षाकर्मीको हेलिकप्टर प्लेन खोज्न हिँडिसकेको रहेछ।

बाटो अप्ठ्यारो थियो। जीपीएस भएको ठाउँमा प्लेन नपाएपछि उनीहरूले अझैमाथि गएर खोज्ने योजना बनाए। त्यसबेलै तल गाउँबाट खबर आयो– त्यो माथितिर आगो बलेको जस्तो छ। अलि रातो पनि देखिएको छ।

‘हेलिकप्टर त गइसकेछ, अब हामी पनि जाऔं तलतिर...’ एकआपसमा छलफल गरेर उनीहरू ‘कवँन’ भन्ने ठाउँतिर लागे। त्यहाँ उनीहरूले तारा एयर जोमसोमका सञ्चालकलाई भेटे। तिनीसँग सोधिखोजी गर्दा अरू साथीहरू नौरीकोटतिर गएको थाहा पाए। तर, त्यहाँ पुग्दा उनीहरू दुई जनाले अरूलाई देखेनन्। 

बरु नौरीकोट जाने बेलामा किसानहरू खेतको काम गर्दै गरेको अवस्थामा भेटे। तिनीहरूलाई सुमितले विमानबारे सोधे। ‘यहीँ माथि आवाजै आइराथ्यो। हामीले प्लेन त देखेनौँ तर यहीँ बादलमाथि आवाज चाहिँ आइराथ्यो,’ ती किसानले जवाफ दिए। प्लेन कता होला भनेर बुझ्न निस्केका उनले त्यही सुइँको थाहा पाएपछि किन त्यसै बस्थे। प्लेन कतै नजिकै होला भन्ने अनुमान गरेर बाटो लागे। 

हिँड्दै जाँदा पछि अरू साथीहरू पनि भेट भए। ‘सुचन दाइ’ भन्नेले जीपीएसअनुसार प्लेन नजिकै देखिएको बताए। त्यसपछि सुमित आफैँले पनि जीपीएसबाट प्लेन रहेको ठाउँ हेरे। त्यसपछि प्रहरीसँगै खोज्न जाने सोच पनि बनाए। तर, नेपाल प्रहरीको आफ्नै दु:ख छ। उसले यस्तो काममा पनि माथिको आदेश कुर्न बाध्य हुनुपर्छ।

प्रहरीले माथिको आदेश नआइसकेको भन्दै कुर्न थालेपछि सुमितले गाउँमै १० जनाको टोली बनाउँछन्। र, त्यो टोली विमान खोज्न जङ्गलतिर हिँड्छन्। जंगलको बाटो, त्यो पनि लेकको। हिँड्दै जान सोचेजति सहज थिएन। बीचमा पुगेपछि टोली सदस्यका चार जना हिँड्न नसकेर फर्किए। बाँकी रहेका ६ जनाको टोली अगाडि लाग्यो।

उनीहरूले जीपीएसले देखाएको स्थानमा पुगेपछि चारैतिर विमान खोजे, भेटेनन्। यसपटक प्रविधि ‘फेल’ खायो। सुमितले प्रविधिबाट धोका खाए। तर, बिहान १० बजे चिया र पानी खाएर हिँडेका उनले भने केही खानसम्म पाएका थिएनन्। जेहोस्, सक्रियतापूर्वक प्लेन खोज्न लागिपरे। यद्यपि, जीपीएसले देखाएको ठाउँमा प्लेनको कुनै अवशेष पनि भेटेनन्। 

त्यो जंगलमा प्लेन खोज्ने क्रममा टोलीका दुई जना साथीहरू हराए। बाक्लो हुस्सु र त्यसमाथि उनीहरू ढिलो हिँड्ने भएकोले दुई जना त्यतै छुटे। बाँकी चार जना भने अझै माथितिर उक्लिए। जतिमाथि गयो, सुमितलाई बाटो पहिल्याउन अलि गाह्रो हुनथाल्यो। तर, टोलीमै रहेका २ जनाले बाटो राम्रोसँग चिनेका रहेछन्। उनीहरूकै सहयोगमा प्लेन खोजिकार्यलाई निरन्तरता दिएको सुमित बताउँछन्। ‘नौरिकोटका दुई जना १५–१६ वर्षका भाइहरू थिए। उनीहरूले बाटो देखेको छ भनेपछि हामी उकालो लाग्यौं,’ उनले सुनाए।

बाटो अप्ठ्यारो थियो। जीपीएस भएको ठाउँमा प्लेन नपाएपछि उनीहरूले अझैमाथि गएर खोज्ने योजना बनाए। त्यसबेलै तल गाउँबाट खबर आयो– त्यो माथितिर आगो बलेको जस्तो छ। अलि रातो पनि देखिएको छ। त्यता जानुपर्‍यो।

सुमितले जवाफ दिइहाले, ‘म त प्लेन खसेको भनेर खोज्न आएको थिएँ। अरू साथीहरू बीचबाटै फर्कनुभयो। यहाँ गोठ पनि रहेछ, त्यसैले भेटिन्छ की भनेर आएको।’ 
त्यसपछि उनीहरू एक घण्टामाथि उकालो चढे। उनीहरूको दोस्रो प्रक्षेपणले पनि फेल खायो। रातो भनिएको ठाउँमा एउटा गोठजस्तो झुप्रो देखियो। त्यो प्लेन हैन भनेर निष्कर्ष निकालेपछि टोलीमा गएका अरू पनि फर्किने तरखरमा देखिए। बिहान चियामात्र खाएर हिँडेका उनीहरू थकित भइसकेका थिए। पानी खाने ठाउँ पनि थिएन। नजिकै झरना त थियो, तर त्यहाँसम्म पुग्ने स्थितिमा उनीहरू थिएनन्। भोक र हिँडाइले लखतरान भइसकेका थिए। कसैलाई लेक लाग्यो, कोहीलाई ‘अल्टीटियुड प्रोबलम’ भयो र कोही स्कुल जानुपर्ने भन्दै फर्किए। 

सबै जना फर्किएपछि अब सुमित एक्लै भए। यद्यपि, उनले हार मानेनन्। सबैलाई घर फर्काइदिएर एक्लै उकालो चढे। ‘म अलि घमण्डी भएको हो कि, अहमले काम गर्‍यो, फर्कन मन लागेन। त्यसपछि म एक्लै माथितिर लागेँ। प्लेन नभेटेसम्म फर्किन्न भन्ने प्रण गरेरै उक्लिएँ,’ उनले साथीहरूसँग छुटिँदाको समय सम्झिए।

त्यसपछि लगभग साढे एक घण्टा एक्ले उकालो चढे। तलबाट देखिएको गोठ नजिक उनी पुग्न लागे। त्यसबेलासम्म सुमितले खानेपानीसम्म खान भेटेका थिएनन्। जति भीर–पहाड छिचोल्दै जान्थे, उति गोठ नजिकिँदै गरेको देखिन्थ्यो। जब गोठ नजिकै आउन लाग्यो, उनी चिच्याउन थाले। अलिबार चिच्याएपछि गोठमा यार्सा टिप्न गएकाहरूले सुनेछन्। त्यसपछि ती टोली पनि सुमित भए ठाउँ आइपुगे।

दुर्घटनाग्रस्त तारा एयरको विमानको भग्नावसेस्

बिहानदेखि पानी पनि मुखमा नपारेका सुमितले अब नयाँ साथी भेटाउँदै थिए। केही नयाँ आशा उनमा पलाए। यार्सा टिप्न आएका नौ जनाको टोली उनले त्यहाँ भेटेका थिए। यार्सा खोज्ने टोलीलाई भेटेपछि सुमितले ‘म त मर्न लागेँ। ल, पानी खाजा के छ लिएर आऊ’ भनेर अनुनय गरे। त्यसपछि उनले चाउचाउ र चिउरा मोलेर पानीसँग खाए। र, २–३ मिनेट हिँडेपछि सबै टोली नै गोठमा पुगे।

त्यसपछि यार्सा टिप्न गएकाहरूसँग सुमितको गफगाफ भयो। त्यत्रो डाँडोमा एक्लो मान्छे आएको देखेपछि ती टोलीका सदस्यले सोधिहाले, ‘दाइ के कामले, कसरी यहाँसम्म आउनुभयो?’ 

सुमितले जवाफ दिइहाले, ‘म त प्लेन खसेको भनेर खोज्न आएको थिएँ। अरू साथीहरू बीचबाटै फर्कनुभयो। यहाँ गोठ पनि रहेछ, त्यसैले भेटिन्छ की भनेर आएको।’ 

‘दाइ हामीलाई पनि फोन त आएको थियो। तर, हामीले त आवाज मात्र सुन्यौं, खासै वास्ता गरेनौं। त्यसैले यार्सामात्र टिपेको हो,’ टोलीका एक सदस्यले सुमितलाई प्लेन त्यतैकतै भएको संकेत दिए। उनले प्लेन आसपासमै रहेको आशंका गरिहाले।

त्यसपछि सुमितले उनीहरूलाई प्लेन खोज्न जान ‘कन्भेन्सन’ गर्न खोजे। बादल र बाक्लो हुस्सुले असहज हुँदाहुँदै पनि उनले प्लेन खोजी छाड्नुपर्ने बताइरहे। यार्सा खोज्न गएका टोलीलाई पनि मनाए। यतिबेलासम्म बेलुकीको ६ बजिसकेको थियो। २० मिनेट जति आराम गरेपछि पुनः प्लेन खोज्न हिँड्ने तरखरमा उनीहरू लागे। 

आफूले गाउँबाट लिएर आएको टोलीले छोडेर गए पनि उनलाई अर्को टोलीको साथ मिल्यो। यसरी हिँड्ने क्रममा उनीहरूले सोलुखुम्बुका एक जना ‘राई दाइ’ भन्नेलाई बाटो भेटे। भेट्नासाथ सुमितले सोधिहाले, ‘दाइ, यस्तो प्लेन हरायो भन्ने रहेछ। केटाहरूले उतातिर आवाज सुनेको भन्छन्। तपाईंले देख्नुभएन?’

‘अँ भाइ, प्लेन त मेरो माथिबाटै उडेर गएको थियो। प्लेन त मेरो आँखाले देखेको १० सेकेन्ड पनि नबित्दै खन्द्रयाङ्ग गरेको थियो। मैले पनि यताउता त हेरेँ। तर, आफ्नै सुरमा यार्सा टिपेर म फर्किएँ,’ राई दाइले विमान दुर्घटना हुनुभन्दा केही अगाडिको दृश्यबारे टोलीलाई ब्रिफिङ गरे। 

त्यहाँ पुग्दासम्म नेपाल टेलिकमको फोरजी नेटवर्क राम्रै टिपिरहेको थियो। सुमित तल रहेका तारा एयरका काउन्टर र सञ्चालकसँग सम्पर्कमै थिए। त्यसपछि उनले ‘टु डी’ डाइमेन्सनबाट प्लेन भएको ठाउँको लोकेसन साथीहरूलाई देखाए। राई दाइले भनेको र जीपीएसले देखाएको स्थानको तालमेल मिलाएर उनीहरू प्लेन खोज्दै बाटो लागे।

जीपीएसमा देखाएको स्थानमा पुग्न २ घण्टाजति लाग्ने अनुमान उनीहरूले निकाले। त्यसपछि सुमितले उक्त टोलीलाई मनाउँदै, फकाउँदै लिएर हिँडे। उस्तै परे, यार्सा टिप्दा उठ्ने रकम आफूले दिन पनि तयार भए। स्थानीयसमेत रहेका ती टोली बिस्तारै खुल्दै गए। र, दश जना नै भोलिपल्ट बिहान प्लेन खोज्न जानेगरी सहमति गरे।

सुमितकाअनुसार त्यहाँ प्लेनको पुच्छर सय मिटर तल खोल्सामा पुगेको थियो। इन्जिनको भाग त्योभन्दा अलिमाथि पुगेको रहेछ। सबै जना एकैठाउँ भएपछि अझै नजिकैबाट हेर्न भनेर उनीहरू दुर्घटनाग्रस्त स्थलमा गए। 

यतिबेलासम्म रातको एघार बजिसकेको थियो। सिमसिम पानी पनि परिरहेको थियो। सुरुमा यार्साको टोली भेटेकै गोठमा गएर सुत्ने तयारी उनीहरूले गरे। र, त्यही गोठबाट सुमितले फेसबुक लाइभ गरे, ‘हामी अहिले ४५०० मिटर माथि छौं। अरू साथीहरू बिमारी हुने कारणले सबै फर्किए। हामीसँग यहाँ रासन पनि छ। तर, पुग्ने छैन। हामी खाइ नखाई भोलि पाँच बजे नै प्लेन खोज्ने काममा लाग्छौं।’

नभन्दै उनीहरू बिहानै साढे चार बजे नै उठे। सबैको मोबाइलमा ब्याट्री सकिन लागको थियो। फेरी एक बिहानै ठूलै पानी पर्‍यो। केही साथीहरूसँग प्लास्टिकको रेनकोटजस्तो रहेछ। त्यसमा ओतिएर तीन जना अघि लागे। पानी केही रहेजस्तो भएपछि बाँकी टोली अर्कै दिशातिर लाग्यो। 

सुरुमा रेनकोट ओढेर गएको टोलीबाट एक जनाले आत्तिएर सुमितलाई फोन गरे– दाइ यहाँ त सबै मरेछ। के गर्ने हो?

त्यसपछि उनले परैबाट हेर्न र घटनास्थलमा देखिएका लासहरूमा हात नलगाउन उर्दी जारी गरिहाले। ‘हामीले पत्ता लगायौं। बाँकी प्रशासनको कुरा हो, त्यसैले केही नगर भनेर भनेँ। प्रशासनले भोलि फेरी हामीलाई नै दोष लगाउला भनेर फोनमा यति अनुरोध गरेँ,’ उनले नेपाल समयसँग भने।

प्लेन दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका तीन जनाको टोली नजिकै जानसम्म सकेनछन्। त्यसपछि पछाडि रहेको सुमितको टोली पनि उक्त ठाउँमा पुग्यो। त्यहाँ पुगेपछि सबैमा सन्नाटा छायो। पहिलोपटक यस्तो दृश्य देखेकोले पनि उनीहरू आत्तिए। हुन पनि समाचार सुन्दै सिंगो देशमै सन्नाटा छाएको समयमा प्रत्यक्ष देख्नेहरूलाई गाह्रो नहुने कुरै भएन।

सुमितकाअनुसार त्यहाँ प्लेनको पुच्छर सय मिटर तल खोल्सामा पुगेको थियो। इन्जिनको भाग त्योभन्दा अलिमाथि पुगेको रहेछ। सबै जना एकैठाउँ भएपछि अझै नजिकैबाट हेर्न भनेर उनीहरू दुर्घटनाग्रस्त स्थलमा गए। कोही बाँच्ने सम्भावना छ की भनेर भिडियो क्लिप बनाउँदै सुमित अघि लागे। तर, कसैको बाच्ने सम्भावना थिएन। सबैको टाउको ताछिएको, भुँडी निस्किएको अवस्था थियो। अधिकांशको भने टाउकोमा चोट देखिन्थ्यो। 

अनुहार नै फुटेको, गिजा नै च्यातिएको अवस्थामा यात्रुहरू भेटिए। सुन, पैसा छरिएको अवस्थामा थियो। त्यसपछि लगत्तै उनीहरूले गाउँपालिका अध्यक्षलगायतका स्थानीयलाई खबर गरे। ७ बजे उनीहरूले भेटेर खबर गरे पनि करिब ८ बजे त्यो ठाउँमा सुरक्षाकर्मीको हेलिकोप्टर आयो। 

‘अहिलेसम्म जिन्दगीमा नदेखेको घटना, एकाएक देख्दा हामी सबैको आँखा रसायो। त्यसमाथि त्यहाँ त्यो छरिएको पैसाहरू क–कसले लगिसकेका रहेछन्। त्यो देखेर झन् दुख लाग्यो,’ उनले सम्झिए। 

बादल लागेकोले हेलिकोप्टर पनि ल्याण्ड गर्न कठिन भयो। त्यसपछि उनले आफ्नो रातो भेस्ट झिकेर संकेत गरे। र, १०–१५ मिनेटको फरकमा हेलिकप्टर ल्याण्ड भयो। त्यसपछि अनुसन्धानको लागि गर्नुपर्ने आवश्यक प्रारम्भिक प्रक्रिया पुरा गरेपछि प्रहरीले काम थाल्यो। लास उठाउन एक्लै गाह्रो हुने भएपछि सुमितको टोलीको सहयोग माग्यो। तर, यसबीचमा उल्टै उनीहरूलाई सुरक्षाकर्मीको टोलीले गाली गरिरह्यो। झपार्दै काम पनि लगाए। तर, सेवा गर्ने मौका भएकोले चुपचाप सहेरै काम गरेको सुमित बताउँछन्।

यसरी उनीहरूले ३–४ घण्टा लास व्यवस्थापनमा सहयोग गरे। प्रहरीहरूसँगै आएका ‘गाइड’हरूले उनीहरूलाई केरा खान दिए। बिहान कालो चिया खाएर हिँडेको उनीहरूको पेटमा बल्ल फलफूल पर्‍यो। लखतरान भएका सुमितको खुट्टामा फोकैफोका उठेको थियो। त्यसपछि यार्सा टिप्ने टोली फर्कियो। सुमित पनि एक जना मामा पर्नेसँग तलतिर लागे। आधा घण्टा ओरालो झरेपछि भात खाए। करिब २४ घण्टापछि उनको पेटमा अन्न परेको थियो। 

यसरी एउटा दुर्घटनाग्रस्त विमान खोज्न एक दिनभन्दा बेसी खुट्टा फुटाएर हिँडेको सुमित अन्ततः सफल देखिए। विमान खोज्न उनले नेपथ्यमा रहेर तारिफ योग्य भूमिका खेले। उनकै कारण अरू टोली प्लेन खोज्न जान तयार भएका थिए। जसको सहयोगमा सुमितले दुर्घटनाग्रस्त प्लेन खोजीकार्य सफल परे।

प्रकाशित: Jun 01, 2022| 07:54 बुधबार, जेठ १८, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।