बुधबार, चैत ४, २०८२

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

टोखाको मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- काठमाडौंको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

National life

टोखाको मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन्।

बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

बैठकले विभिन्न विषयगत समिति- आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति) गठन गरेको छ। कूल ११ वडा रहेको टोखा साविकका झोर, महाँकाल, टोखा, धापासी र गोँगबु गाउँ विकास समिति मिलेर निर्माण भएको हो।

प्रकाशित: Jun 01, 2022| 07:33 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्