बिहीबार, असार ४, २०८३

कस्तो रहला आजको मौसम?

हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- हाल नेपालमा सामान्य मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले पनि मौसममा सामान्य बदली आएको जनाएको छ।

National life

हाल देशको पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई  स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो तथा राति  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।

बुधवार दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानहरुमा मेघ गर्जन तथा  चट्याङ्ग र हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रकाशित: Jun 01, 2022| 07:14 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।