आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार रुपन्देहीका पत्रकार पहाडीलाई

१ लाख १० हजार राशिको समाजसेवा पुरस्कार रुपन्देहीका पत्रकार पहाडीलाई

मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ रुपन्देहीका अधिकारकर्मी विनोद पहाडीलाई प्रदान गर्ने भएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

बुटवल– मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ रुपन्देहीका अधिकारकर्मी विनोद पहाडीलाई प्रदान गर्ने भएको छ। समाजको काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले पहाडीलाई पुरस्कार दिने निर्णय गरेको हो।

२०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पहाडीलाई १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित पुरस्कृत गरिने समाजका केन्द्रीय सभापति गोबिन्द खनालले जानकारी दिए।

संविधानसभा सदस्य समेत रहेका पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भएका छन्। २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।  

पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका पुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो। हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्। 

प्रकाशित: May 31, 2022| 18:35 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।