बिहीबार, असार ३२, २०८३

‘सुन खपतको सीमा बढाउन अध्ययन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- मुलुकर दैनिक ४० किलो सुन खपत भइरहेको व्यवसायीहरूले बताएका छन् । 

सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरको पाँचौं अधिवेशन तथा दशौं साधरणसभामा बोल्ने वक्ताहरूले राष्ट्र बैंकले दैनिक २० किलो मात्र उपलब्ध गराइरहेको जानकारी दिए । 

सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले राज्यले सुनको अभाव गराउँदा कालोबजारी मौलाएको बताए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले सरकारले तोकेको दैनिक सीमामा अब परिमार्जित गर्नुपर्ने बताए ।

आफू वाणिज्य मन्त्रालयमा छँदा व्यवसायीलाई सुन उपलब्ध गराउने सीमाबारे अध्ययन भइरहेका बेला सरुवा भए पनि त्यस विषयमा अन्य जिम्मेवार अधिकृतले गम्भीर अध्ययन गरिरहेको प्रजिअ रानामगरले बताए । 

संघका रूपन्देही अध्यक्ष एमबी विश्वकर्माका अनुसार सरकारले उपलब्ध गराएको २० किलोको कोटामध्ये काठमाडौं उपत्यकामा आधा र बाँकी देशका अन्य भूभागमा खपत भइरहेको छ । उक्त परम्परा गलत रहेकाले पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । 

संघका संस्थापक अध्यक्ष त्रिलोकनारायण विश्वकर्माले सुनचाँदी व्यवसायीको संरक्षणका लागि सहकारी प्रणाली जरुरी रहेको औंल्याए । 

रूपन्देहीमा तीन सयभन्दा बढी सुनचाँदी व्यवसायी छन् । जिल्लामा दैनिक तीन किलो सुन खपत हुने भए पनि सातामा तीन किलो मात्र आउने गरेको व्यवसायीहरूको भनाइ छ ।

महासंघ रूपन्देहीमा विश्वकर्मा

अधिवेशनले प्रकाशमणि विश्वकर्मालाई सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरको अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपक कौशल र राजन रसाइली चयन भएका छन् । 

सचिवमा किस्मत विके, कोषाध्यक्षमा प्र्रेम रामदाम, सहसचिवमा सुनिल सेन्चुरी, सह–कोषाध्यक्षमा सुरेन्द्र विश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा विमल सेन्चुरी , धु्रव लामगादे, रमेश रामदाम, मोहन सेन्चुरी, मिलन रामदाम, राधेश्याम बर्मा, सोनुसोनी बर्मा, बजरंगी बर्मा, किरन लामगादे र राजकुमार गहतराज चयन भएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्