बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तारा एयर दुर्घटना : शिक्षण अस्पताल ल्याइयो २२ शव, बिहीबारसम्ममा आफन्तलाई बुझाइने

तारा एयर दुर्घटना : शिक्षण अस्पताल ल्याइयो २२ शव, बिहीबारसम्ममा आफन्तलाई बुझाइने

शवलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिएको छ। विभागका प्रमुख डाक्टर तुलसी कँडेलले सबै शवको पोस्टमार्टम पर्सीसम्म सकिने बताएका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९
National life
Shivam cement

काठमाडौं-  तारा एयरको दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खडकाका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत् २२ वटै शव मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो। 

सबै शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभाग लगिएको छ। विभागका प्रमुख डाक्टर तुलसी कँडेलले सबै शवको पोस्टमार्टम पर्सिसम्ममा सकिने बताएका छन्।

बिहीबार साझसम्म आफन्तहरुलाई शव बुझाउने उनको भनाइ छ। सोमबार आएको १० शवको पोस्टमार्टम भइरहेको छ भने मंगलबार आएको १२ शबको पोस्टमार्टम बुधबार सुरु गरिने उनले बताए। 

प्रकाशित: May 31, 2022| 17:51 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।