शनिबार, चैत ७, २०८२

नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा

भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंमा रहेको इ स्पट ग्रुपसँग मिलेर एनआईयूले सेवा शुरु गरेको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंमा रहेको इ स्पट ग्रुपसँग मिलेर एनआईयूले सेवा शुरु गरेको हो। 

National life

सोमबार नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रा.डा. उमा भारद्धाज र इ स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयकी उपकुलपति भारद्धाजले नेपालमा खोलिएको शाखाले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाएको बताइन्। उनले भनिन्, ‘विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरुले यो भन्दा अघि धेरै खालको दुःख भोग्नुपरेको थियो। तर अब नेपालमा नै सबै जानकारी पाइने भएपछि उनीहरुले कुनै किसिमको समस्या खेप्नु पर्दैन।’ 

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले चाँडै नै पोखरा विश्वविद्यालयले पनि एनआईयूसँग सहकार्य गरी पठनपाठन अगाडि बढाउने बताए । इ स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार बैद्यले एक लाख भन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाइसकेको जानकारी दिँदै भोलिका दिनमा यो कार्यले अझ निरन्तरता पाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विश्वविद्यालयको पाठ्यक्रम, शैक्षिक उत्कृष्टता, पूर्वाधारको बारेमा पनि छलफल भएको थियो। त्रिभुवन विश्वविद्यालय, नेपालस्थित भारतीय राजदूतावास तथा विभिन्न परामर्शदाताको कार्यक्रममा सहभागिता रहेको थियो । 

नेएडा अन्तराष्ट्रिय विश्वविद्यालय युजिसि मान्यता प्राप्त विश्वविद्यालय हो। विश्वविद्यालय अन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षा दिँदै आएको छ। यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्मका शिक्षा दिनुको साथै पाठ्यक्रमहरु पनि तयार पारिन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 31, 2022| 14:12 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्