भक्तपुरको प्रसिद्ध पोखरीमध्येको एक हो, सिद्धपोखरी। यसलाई इन्द्र दह अथवा ‘त-पुखु’पनि भन्ने गरिन्छ। १५ औं शताब्दी अर्थात् राजा यक्ष मल्लको पालामा यसको निर्माण भएको हो।
एक सय ७१ मिटर लम्बाइ, ७३ मिटर चौडाइ र तीन मिटर गहिरो छ, यो पोखरी। मानव निर्मित सिद्धपोखरी अहिले धेरैको 'ह्याङ आउट' स्थल बनेको छ। यो पोखरी अहिले बालबालिका, वृद्धवृद्धा, प्रेमिल जोडी र परिवार सबैको रोजाइको केन्द्र बन्दै गएको छ ।
पोखरी परिसरमा प्रेमिल जोडीहरूको अनैतिक क्रियाकलाप रोक्न सिद्धपोखरी समितिले साँझ सात बजेपछि प्रवेशमा बन्देज लगाएको छ।
भिडियो हेर्नुहोस्
पानीमा खेलिरहेका माछा सिद्धपोखरीका मुख्य आकर्षण हुन्। तिनलार्इ चारो खुवाउन प्रवेश द्वारमा रहेका पसलमा खानेकुरा पाइन्छ। पोखरीको सौन्दर्य रसास्वादन गर्न पुग्ने आन्तरिक-बाह्य पर्यटकले तिनै पसलबाट खरिद गरेर माछालार्इ खुवाउने गर्छन्। इन्द्र जात्राको भोलिपल्ट पोखरी आसपासमा मेला लाग्ने गरेको छ।
शहरको कोलाहलबाट केही क्षण भए पनि टाढा बस्न रुचाउनेहरू सिद्धपोखरी पुगेर रमाउने गर्छन्। उपत्यकाका बासिन्दाको रोजाइको गन्तव्य बनेको छ, सिद्धपोखरी।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...